देश

    नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने प्रेस युनियनको चेतावनी

    नवलपुर टुडे
    २०८१ असार १४ | मध्यान्ह ०३:०३ बजे

      काठमाडौं । प्रेस युनियन पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ । युनियनले आज प्रेस विज्ञप्ति जारी गरेर पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी  दिएकाे हाे ।

      नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासिनता देखाएकोप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

      महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र महासंघको निर्वाचन समितिलाई युनियनले आग्रह गरेको छ ।

      महासंघको नेतृत्वले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरी महासंघको विधि अनुसार सदस्यता विवाद नटुंगाई एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा युनियन पत्रकार महासंघको अहिलेको निर्वाचन प्रक्रियामा सहभागी नभई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

      449463957 10229462902989931 2317255868672351722 n

        कमेन्टहरु