देश

    मोरङको रंगेलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    जगत ठाडा मगर
    २०७८ असार ८ | मध्यान्ह १२:०३ बजे

      टिपरको ठक्करबाट मोरङको रंगेली नगरपालिका-७ मा मोटरसाइकल चालकको मृत्यु भएको छ।

      पश्चिमतर्फ जाँदै गरेको ना४ख ३४९३ नम्बरको ट्रिफरले मंगलबार बिहान मोटरसाइकल चालकलाई ठक्कर दिएको हो।

      प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई-६ सौठा का ४२ वर्षीय तिलकराज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

      बिहान सवा ९ बजे सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको रंगेली अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो।

      टिपर चालक धनपालथान ६ का ३९ वर्षीय विद्या सागर रायलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।

        कमेन्टहरु