लुम्बिनी प्रदेश

    नगरको अतिक्रमित जग्गा खाली गराईन्छ : मेयर थापा

    धर्मेन्द्र कुमार कुर्मी
    २०८१ असार १४ | बिहान ०६:०३ बजे

      कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले सार्वजनिक सम्पत्ति खाली गराईने बताउनुभएको छ । नगर भित्र कब्जामा रहेका कुलो, तथा अतिक्रमित सार्वजनिक सम्पत्ति खाली गराईने बताउनुभएको हो ।

      प्रेस हव मिडिया प्रालीले बिहिवार आयोजना गरेको मेयर उपमेयर सवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरपालिकाले जेसिवी खरिद गरेकाले तत्काल जग्गा खाली गराउने अभियान सुचारु गर्ने बताउनुभयो ।

      मेयर थापाले नगरले शिक्षा, स्वास्थ्यमा उल्लेखनीय प्रगती गरेको बताउनुभयो । प्रमुख प्रसासकिय अधिकृत बाबुराम पौडेलले भौतिक पुर्वाधार मात्र नभएर मानव बिकास पनि महत्वपुर्ण भएकाले नगरपालिकाले निशुल्क शिक्षा र स्वास्थ्यमा जोड दिएको बताउनुभयो ।

      अधिकृत पौडेलले नगरमा सुसासन कायम गर्न हरबखत प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रम प्रेस हव प्रालीका प्रबन्धक चिन्ता परियारले सहजिकरण गरेका थिए ।

        कमेन्टहरु