नवलपुर जिल्लाको चोरमारास्थित रहेका नवजागरण विद्यालयका २ विद्यार्थीले ल्याए ४ जीपीए

नवलपुर टुडे
२०८१ असार १३ | मध्यान्ह ०४:०३ बजे

चोरमारा, असार १३ । नवलपुरको एक सामुदायिक विद्यालयका दुई विद्यार्थीले ४ जीपीए ल्याएका छन् । नवलपुरको मध्यबिन्दु नगरपालिका चोरमारामा रहेको नवजागरण माध्यमिक विद्यालयका प्रतिक ज्ञवाली र सौगात पोख्रेलले ४ जीपीए अंक ल्याएका हुन् ।
नवलपुर जिल्लामै ४ जीपीए ल्याउने यी विद्यालयका यी दुई जना मात्र हुन् । यस विद्यालयबाट ८२ विद्यार्थी पास भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्माका अनुसार २०८० को एसईईमा नवलपुरबाट एसईई दिने ६ हजार १ सय १५ थिए । तीमध्ये २ हजार नौ सय ६८ उत्तीर्ण भएका छन् ।





