कोशी प्रदेश

    झापामा जंगली हात्ती मृत फेला

    नवलपुर टुडे
    २०८१ असार १३ | बिहान १०:०३ बजे

      झापा, असार १३ । झापामा जंगली हात्ती मृत भेटिएको छ ।

      आज (बिहीबार) बिहान झापाको मेचीनगर नगरपालिका-३ धरधरे टोलस्थित सुकेनिन्दा खोला किनारमा हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत भेटिएको हात्ती अन्दाजी ९/१० वर्षको भाले रहेको छ ।

      स्थानीयले खोला किनारमा हात्ती मृत अवस्थामा फेला पारेपछि बिहीबार बिहान साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए । सूचनापश्चात पुगेको प्रहरीले उक्त स्थानलाई सुरक्षित राखेको र डिभिजन वन कार्यालय भद्रपुर र सबडिभिजन कार्यालय धाइजनबाट आएका अधिकारीहरूले अनुसन्धान गरिरहको छ ।

      पोष्टमार्टम तथा थप अनुसन्धानका लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट विशेषज्ञको टोली आउदै गरेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु