देश

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    नवलपुर टुडे
    २०८१ असार १२ | मध्यान्ह ०१:०३ बजे
      चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६, जलवीरेमा पहिरो खस्दा अवरुद्ध भएको हो । 

      जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।

      हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए ।
       

       

        कमेन्टहरु