समाचार

    बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा एक बालकको मृत्यु, एक घाइते

    नवलपुर टुडे
    २०८१ असार ११ | मध्यान्ह ०७:०३ बजे

      अछाम, असार ११ । अछाममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–७ तोसीको जंगलमा बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा रानीवनका १५ वर्षीय बिमल विकको मृत्यु भएको हो ।

      घटनामा उनीसँगै रहेका अर्का १४ वर्षका बालक झंकर विक घाइते भएका छन् । उनीहरू दुवैजना तुर्माखाँद–६ रानीवनका हुन् । स्थानीय कामेश्वरी मावि कक्षा ९ मा अध्ययनरत उनीहरूलाई असार १७ गतेदेखि हुने त्रैमासिक परीक्षाको सामग्री लिन जाने क्रममा बाटोमा लत्रिएको बिजुलीको तारबाट सुरुमा झंकरलाई करेन्ट लागेको थियो ।

      उनलाई बचाउन लाग्दा करेन्ट लागेर विमलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते बालकलाई उपचारका लागि सदरमुकाम मंगलसेन लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

        कमेन्टहरु