देश

    कपिलवस्तुको सिद्वार्थ लुम्बिनी ग्रीन रिसोर्टलाइ क्यासिनो सन्चालनको अनुमती

    धर्मेन्द्र कुमार कुर्मी
    २०८१ असार ११ | मध्यान्ह ०६:०३ बजे

      कपिलवस्तु, असार ११ । कपिलवस्तुमा पहिलो पटक क्यासिनो संचालन हुने भएको छ । कपिलवस्तु जिल्लाको पश्चिम क्षेत्रमा रहेको सिद्वार्थ लुम्बिनी ग्रीन रिसोर्ट चन्द्रौटाले क्यासिनो सन्चालनको अनुमती पाएको छ ।

      १ अर्बको लागानिमा निर्माण भएको रिसोर्टलाइ संस्कृती, नागरिक उड्डयन तथा प्रर्यटन मन्त्रालयले क्यासिनो सन्चालनको अनुमती दिएको रिसोर्टका अध्यक्ष लक्ष्मण भन्डारीले बताए । अनुमती पाएसगै आउँदो साउन १ गतेदेखि क्यासिनो सन्चालन गर्ने तयारी भएको अध्यक्ष भण्डारीले बताए ।

      क्यासिनो सन्चालनमा आएपछि पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने सन्चालक महादेव पोख्रेलले बताए । भारत सँगको कम दुरी रहेकोले यहाँ पर्यटकको संख्या बढ्ने उनको भनाइ छ । सरकारले भारतीय पर्यटकलाइ बिना झन्झट नेपाल आउने वातावरण सिर्जना गर्न सकेमा पर्यटन विकास हुने उनले बताए ।

        कमेन्टहरु