देश

    सुनको मूल्य ६ सयले बढ्यो, दैनिक घट्बढ

    जगत ठाडा मगर
    २०७८ असार ८ | मध्यान्ह १२:०३ बजे

      काठमाडौ । आज नेपाली बजारमा सुनको मुल्य ६ सयले बढेको छ । सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९१ हजार रुपैयाँ कायम भएको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

      हिजो प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

        कमेन्टहरु