अर्थ

    एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य

    नवलपुर टुडे
    २०८१ असार ९ | बिहान ११:०३ बजे

      काठमाडौँ, असार ९ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

      महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएको छ । 

      यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ८१५ रुपैयाँ कायम भएको हो । 

        कमेन्टहरु