देश

    श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान

    नवलपुर टुडे
    २०८१ असार ८ | बिहान ०८:०३ बजे

      काठमाडौं । श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ । डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९एन-एओएम को ८० सिटे विमान थपेको हो ।

      उक्त विमान अमेरिकाबाट क्यानडा-इजिप्ट-ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो । श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति  १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् ।

      ८० सिटको क्यु ४००-८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक(कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए ।

      सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००/७०० तथा क्यु ४००- गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।

        कमेन्टहरु