देश

    मन्त्रिपरिषद् बैठकले आठ देशका लागि नेपाली राजदूत सिफारिस

    नवलपुर टुडे
    २०८१ असार ७ | मध्यान्ह ०८:०३ बजे

      काठमाडौं । सरकारले आठ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो ।

      बैठकले भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।

      त्यस्तै, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना सिफारिस भएका छन् ।

      बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् ।

        कमेन्टहरु