घटना

    नवलपुरमा एक बेवारिसे पुरुषको शव फेला

    नवलपुर टुडे
    २०८१ असार ७ | मध्यान्ह ०७:०३ बजे

      कावासोती, असार ७ गते । नवलपुरमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –२ नन्दपुरस्थित नारायणी नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको हो ।

      शुक्रबार २ः४० बजेको समयमा नाम थर नखुलेको अन्दाजी ३२ बर्षको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । । 

      शव फुलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

        कमेन्टहरु