राजनीति

    एमाले गैँडाकोट नगरकमिटीको अध्यक्षमा कृष्ण कंडेल निर्वाचित

    नवलपुर टुडे
    २०८१ असार ७ | बिहान ०५:०३ बजे

      चितवन । नेकपा (एमाले) गैँडाकोट नगरपालिका अध्यक्षमा कृष्ण कंडेल निवाचित हुनुभएको छ ।

      गैंडाकोटमा भएको नगर कमिटिको दोस्रो अधिवेशनबाट प्रतिद्धन्दी श्रीराम सुवेदीलाई पराजित गर्दै कंडेल निर्वाचित हुनुभएको हो । कंडेलले खसेको मतमध्ये १८५ मत ल्याउँदा सुवेदीले १२६ मत प्राप्त गर्नुभएको थियो ।

      त्यस्तै उपाध्यक्षमा गोविन्द सुवेदी, सचिवमा भूमिश्वर भुषाल(राजु) तथा उपसचिवमा नरबहादुर थापा र गोमा पौडेल निर्वाचित हुनुभएको छ ।

        कमेन्टहरु