विश्व

    साउदीमा गर्मीले ज्यान गुमाउने हजयात्रीको संख्या एक हजार नाघ्यो

    नवलपुर टुडे
    २०८१ असार ६ | मध्यान्ह ०५:०३ बजे
    एएफपीबाट

      काठमाडौं । साउदी अरेबियास्थित मक्कामा गर्मी कारण ज्यान गुमाउने हजयात्रीको संख्या एक हजार नाघेको छ । बिहीबारसम्म एक हजार ८१ जनाको मृत्यु पुष्टि भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

      एएफपीका अनुसार मृतकमध्ये ६५८ जना इजिप्टका नागरिक हुन् । हजका लागि पुगेका एक हजार ४०० जना अझै बेपत्ता छन् ।

      तर, साउदी अरेबियाले मृत्युको संख्याबारे अहिलेसम्म कुनै पुष्टि गरेको छैन । मक्काको तापक्रम १७ जुनमा ५१.८ डिग्री सेल्सियस मापन गरिएको थियो । 

      जुन १२ देखि जुन १९ सम्म चलेको हजको क्रममा ७० जना भारतीय नागरिकले पनि ज्यान गुमाएका छन् । एएफपीका अनुसार ज्यान गुमाउनेमा इन्डोनेसिया, जोर्डन, इरान, ट्युनिसियाका नागरिक छन् ।

      साउदी अरेबियाका अधिकारीहरूका अनुसार जलवायु परिवर्तनले मक्कामा गहिरो असर देखिएको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

      गत वर्ष २४० हजयात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए ।

      एएफपीबाट ।

        कमेन्टहरु