कटहरिया नगरपालिकाको दशौं अधिवेशन तथा आठौं बजेट अधिवेशन सम्पन्न

अशोक यादव
२०८१ असार ५ | मध्यान्ह ०४:०३ बजे

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको नगरसभाको दशौं अधिवेशन तथा आठौं बजेट अधिवेशन बुधबार सम्पन्न भएको छ ।
नगर प्रमुख अजयप्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८१/०८२ मा नगरको सामाजिक न्यायसहित पूर्वधार विकासमा जोड दिदैं आर्थिक विकास निर्माण कार्य, सामाजिक विकास, शिक्षा तथा कृषि विकास लगायत अन्य कार्यको लागि ४६ करोड ६२ लाख ५४ हजार रुपैया आयव्ययसहितको बजेट प्रस्तुत गरेको छ ।
तसर्थ कटहरिया नगरपालिकाको सम्पुर्ण जनप्रतिनिधि, कर्मचारीहरु तथा कटहरिया नगरका समस्त जनताहरुलाई हार्दिक शुभकामना !





