मनोरन्जन

    महेश र अस्मिताले गरे इन्गेजमेन्ट

    नवलपुर टुडे
    २०८१ असार ५ | बिहान ११:०३ बजे

      काठमाडौं, असार ५ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । उनीहरूले दुबई पुगेर इन्गेजमेन्ट गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

      महेशले इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘सहयात्राको यो सुरुवात । हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी आई लभ यू ।’

      धेरै गीतहरुमा सहकार्य गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो । अहिले उनीहरूले आफ्नो सम्बन्धलाई औपचारिकता दिएका हुन् ।

        कमेन्टहरु