समाचार

    संसद भवनभित्र आफैलाई गोली हानेर सुरक्षाकर्मीले गरे आत्महत्या

    नवलपुर टुडे
    २०८१ असार ५ | बिहान १०:०३ बजे

      काठमाडौं, असार ५ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । 

      संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर ग‍ेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफैमाथि गोली चलाएर आत्महत्या गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

      उनका अनुसार संसद भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए । उनी बिहान ८:१५ बजे शौचालया मृत भेटिएको एसपी अधिकारीले बताए । 

      दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका २२ वर्षीय गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए ।

      घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए । 

        कमेन्टहरु