राष्ट्रियसभा बैठक आज बस्दै [कार्यसूची]

नवलपुर टुडे
२०८१ असार ४ | बिहान ०८:०३ बजे

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । सचिवालयले जारी गरेको कार्यसूची अनुसार बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यस्तै “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
![राष्ट्रियसभा बैठक आज बस्दै [कार्यसूची] 444](https://npcdn.ratopati.com/media/news/444_iZFSl36OQ0.jpg)

![राष्ट्रियसभा बैठक आज बस्दै [कार्यसूची] Sidhartha bank](https://npcdn.ratopati.com/media/promo/siddharthabank-desktop_wgGXhR0uuE.gif)




