कोशी प्रदेश

    मोरङ र झापाका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता रहन आग्रह

    नवलपुर टुडे
    २०८१ असार ४ | बिहान ०६:०३ बजे
    फाइल तस्बिर

      काठमाडौं । मोरङ र झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । बिहानैदेखिको भारी वर्षाका कारण पछिल्लो चार घण्टामा मोरङको लेटाङ, झापाको दमक, कन्काइ र अनारमनी बिरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम देखि भारी वर्षा भइरहेको छ । 

      थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकादे तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

      गएरातिदेखि नै गोरखा, धादिङ, नुवाकोट, काठमाडौं, सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो । 
       

        कमेन्टहरु