समाचार

    सुर्खेतमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

    नवलपुर टुडे
    २०८१ असार ३ | मध्यान्ह ०७:०३ बजे

      सुर्खेत, असार ३ । सुर्खेतमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।

      वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसास्सिएर स्थानीय ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी प्रसाद कँडेलको मृत्यु भएको हो ।

      सोमबार अपरान्ह ४:२४ बजेतिर पिपराका तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा अक्सिजनको अभाव भएपछि निसास्सिएर उनीहरू बेहोस भएका थिए ।

      उनीहरूलाई तत्काल उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो ।

        कमेन्टहरु