दुर्घटना, बिश्व

    भारतको पश्चिम बंगालमा रेल दुर्घटना, पाँचजनाको मृत्यु

    एजेन्सी
    २०८१ असार ३ | मध्यान्ह ०१:०३ बजे

      पश्चिम बंगाल । भारतमा एक यात्रुबाहक रेल मालबाहक रेलसँग ठोक्किँदा पाँचजनाको मृत्यु भएका छन् । आज बिहान ठोक्किँदा अन्य २५ जना घाइते भएका छन् । 

      आसामबाट कोलकाताका लागि गुडेको कन्चनजंघा एक्सप्रेस रेल दार्जिलिङको पश्चिम बंगालमा कार्गो रेलसँग ठक्कर खाएको थियो ।

      कार्गो रेलले पछाडिबाट एक्सप्रेस रेललाई रंगपानी स्टेसन नजिक ठक्कर दिएको जनाइएको छ । ठक्करका कारण एक्सप्रेस रेलका दुई डिब्बा लिक बाहिर पुगेको जनाइएको छ ।

        कमेन्टहरु