समाचार

    इलाममा कुकुरको बच्चालाई कुटेर तड्पाई-तड्पाई हत्या गर्ने तीन जना पक्राउ

    नवलपुर टुडे
    २०८१ असार ३ | मध्यान्ह १२:०३ बजे

      इलाम, असार ३ । इलाममा कुकुरको बच्चालाई कुटपिट गरी तड्पाउँदै हत्या गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

      कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्नेमध्ये तीन जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पशु कल्याण संघ काठमाडौंले कुकुरको बच्चा हत्या गर्नेहरु बिरुद्ध इलाम प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरी दर्ता भए लगत्तै देउमाइ नगरपालिकास्थित जितपुरबाट तीन युवा प्रकाउ परेका हुन् ।

      युवाहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बु नामको फेसबुक एकाउन्टबाट सो भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ ।

      संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिप्रका इलाममा जाहेरी दर्ता गराएको थियो । जाहेरीमा मूलुकी अपराध संहिता २०४७ अनुसार हदैसम्मको कारबाही गरिपाउँ भनी माग गरिएको छ ।

        कमेन्टहरु