खेलकुद

    टी-२० विश्वकप : बंगलादेशसँग २१ रनले हार्‍यो नेपाल

    नवलपुर टुडे
    २०८१ असार ३ | बिहान ०८:०३ बजे

      काठमाडौं, असार १ । आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । 

      १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।

      कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । 

      दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे । 

        कमेन्टहरु