देश

    सडकमा कालो पत्रे स्थानिय हर्षित

    जगत ठाडा मगर
    २०७८ असार ७ | बिहान १०:०३ बजे

      बबिता मण्डल

      सिरहा । सिरहाको उत्तरी भेगमा अवस्थित साविक गाउँविकास समिति विष्णुपुरकटि ६ हाल धनगढीमाई १२ को मुल सडक विगतमा जीर्ण अवस्थामा रहेको थियो ।

      तर स्थानिय सरकार आएपछि स्थानिय बजार अर्थात् पुर्व पस्चिम लोकमार्ग देखि करिब ५ किलोमीटरको दूरीमा पर्छ यस ठाउँमा विगतमा बाटोमा स्तरउन्नती नहुँदा वर्षाकालमा सास्ती भोग्दै आएका स्थानियले नइनपुर र बी विष्णुपुर जोड्ने धूम खोलामा पुल बनेपछि र वडा अध्यक्ष राजु श्रेष्ठले बाटोमा कालोपत्रे सडक निर्माण गराएपछि यतिबेला आवत जावतमा सहजता महसुस गरिएको छ ।

      IMG 20210621 102258 510

      वर्षा याममा हिलो बाटोमा हिँड्नुपर्ने बाध्यता हटेपछि स्थानिय खुशी भएको देखिन्छ । स्थानिय तहमा कालापानीमा खानेपानी ट्याङ्की निर्माण गरेको दलित बस्तीमा घर ,चर्पी आफ्ना वडामा बनाउनमा व्यस्त वडा अध्यक्ष राजु श्रेष्ठ यतिबेला विकासलाई तिब्रता दिएका छन् ।

        कमेन्टहरु