देश

    संवैधानिक परिषद् बैठक साँझ ६ बजे बस्दै

    नवलपुर टुडे
    २०८१ असार २ | मध्यान्ह ०५:०३ बजे

      काठमाडौँ । संवैधानिक परिषद्को बैठक साँझ ६ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागिएको राष्ट्रियसभाका अध्यक्ष एवं परिषद्का सदस्य नारायण दाहालले जानकारी दिए ।

      संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तिको सम्बन्धमा बैठक बस्न लागेको दाहालले जानकारी दिए । 

      प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहेका छन् ।

        कमेन्टहरु