समाचार

    भारतबाट अवैध रुपमा ल्याइएको ११५ बोरा अवैध प्याज बरामद

    नवलपुर टुडे
    २०८१ असार २ | मध्यान्ह ०४:०३ बजे

      बुटवल, असार २ । सशस्त्र प्रहरीले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित वसन्तपुरबाट १ सय १५ बोरा अवैध प्याज बरामद गरिएको छ ।

      भारतबाट अवैध रूपमा नेपाल ल्याएर गोदाम गरी राखेको अवस्थामा आइतबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डा रुपन्देहीबाट खटिएको टोलीले उक्त परिमाणको प्याज बरामद गरेको हो ।

      करिब ५ हजार ७ सय ५० केजी रहेको प्याजको मूल्य करिब २ लाख ३० हजार बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको प्याज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

        कमेन्टहरु