डिजेल र पेट्रोलको मूल्य घट्यो

नवलपुर टुडे
२०८१ असार २ | बिहान ०६:०३ बजे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएपछि निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १ रुपैयाँ घटाएको छ ।
निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६५ रुपैयाँ र डिजेलको मूलय लिटरको १ सय ५२ रुपैयाँ कायम गरेको छ । घटेको मूल्य आइतबारबाट लागु हुने निगमले जनाएको छ ।






