समाचार

    दाङमा पानी ट्याङ्कीभित्र एक वृद्धा मृत फेला

    नवलपुर टुडे
    २०८१ असार १ | बिहान ११:०३ बजे

      दाङ, असार १ । दाङको तुलसीपुरमा एक वृद्धा पानी ट्याङ्कीभित्र मृत फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा गाउँकी ७० वर्षीया शान्ता देवकोटा घर नजिकैको पानी ट्याङ्कीभित्र मृत फेला परेकी हुन् ।

      इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार राति १० बजे देवकोटालाई घर नजिकको सिँचाइका लागि पानी जम्मा गरिएको ट्याङ्कीमा डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो ।

      मृतकको शव पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु