कृषि

    पर्वतको बर्राचौरमा आलु बालीमा सञ्चालित आई.पि.एम कार्यक्रम सम्पन्न

    अमृत भट्टराई
    २०८१ जेष्ठ ३२ | मध्यान्ह ०८:०२ बजे

      पर्वत, जेठ ३२ । पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्राचौरमा बिहादी गाउँपालिका र कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा सञ्चालित एकिकृत शत्रुजिव व्यवस्थापन (आई.पिःएम) को आलु बालीमा संचालित सोर्हप्ते तालिम सहजकर्ता ऋशिराम भुसालको सहजिकरण गर्नु भएको थियो ।

      कार्यक्रमको सञ्चालन शारदा शर्मा गिरिले गर्नुभएको कार्यक्रमको अध्यक्षता मन बहादुर क्षेत्री रहनु भएको थियो । यस्तै कार्यक्रमको प्रमुख अतिथिमा बिहादी गाउँपालिका वडा नं २ का अध्यक्ष गणेश शर्मा पौडेल रहनु भएको थियो ।

      कार्यक्रममा स्वागत मन्तव्य उर्जाशिल आई.पि.एमका सदस्य कुल बहादुर हिताङ गर्नुभएको थियो । भने बिमला पैाडेल, रिता पैाडेल, ज्याेति परियारले गीतबाट स्वागत गर्नुभएको थियो । प्रतिवेदन उर्जाशिल आई.पि.एमका सदस्य विकास क्षेत्री र हरियालि आई.पि.यमका सदस्य मनिसा नेपालीले गर्नुभएको थियो ।

      उक्त कार्यक्रममा गणेश पराजुली, राम परसाद पराजुलि, ज्ञानु गिरि, गोविन्द पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

        कमेन्टहरु