सरकारले दियो सोमबार बक्र ईदको सार्वजनिक बिदा

नवलपुर टुडे
२०८१ जेष्ठ ३२ | मध्यान्ह ०४:०२ बजे

काठमाडौं, जेठ ३२ । सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । बक्र ईद (उल-अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो ।
२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।






