प्रतिनिधिसभा बैठक बस्दै [कार्यसूची]

नवलपुर टुडे
२०८१ जेष्ठ ३२ | बिहान ०६:०२ बजे

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।
वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।





