सदस्यता विवाद नटुंगाई पत्रकार महासंघले जबरजस्ती गरे, प्रेस युनियन आन्दोलनमा जाने

नवलपुर टुडे
२०८१ जेष्ठ ३१ | मध्यान्ह ०८:०२ बजे

महासंघका शाखा र प्रदेशले पठाएका सदस्यको नाम केन्द्रीय नेतृत्वले हटाएर अमुक सङ्गठनमा आस्था राख्नेलाई सहयोग पुग्ने गरी विधि र प्रक्रिया विपरीत आफूखुसी केन्द्रबाट सदस्यको नाम थपेर गैरपत्रकारलाई सदस्यता दिई सूची तयार गरेका कारण यो अवस्था सिर्जना भएको युनियनले जनाएको छ । महासंघको विधान अनुसार सदस्यता विवाद सुल्झाएर थप गरिएको मितिमा निर्वाचन सुनिश्चित गर्ने वातावरण तयार गर्न नेपाल पत्रकार महासंघको नेतृत्व लगायत पत्रकार सम्बद्ध सबै पेशागत संस्थाहरूलाई अध्यक्ष लम्सालले अपिल गरेका छन् ।
पूर्व निर्धारित मितिमा निर्वाचन हुन नसकेकोमा युनियन दुःख व्यक्त गर्दै पछिल्लो पटक निर्धारण गरिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता युनियनले गरेको छ ।





