देश

    कुवेतमा आगलागीपछि हाम फालेका तीन नेपाली घाइते

    नवलपुर टुडे
    २०८१ जेष्ठ ३१ | बिहान १०:०२ बजे
    तस्बिर : रोयटर्स ।

      कुवेत ।  कुवेतको बहुतले भवनमा बुधबार भएको आगलागीका क्रममा  भवनबाट हामफाल्ने  पाँचजना नेपालीमध्ये तीनजना घाइते भएको र दुईजना सामान्य अवस्थामा रहेका छन् । कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालले दिएको जानकारीअनुसार पाँचमध्ये तीन नेपाली घाइते छन् भने दुई जनाको अवस्था सामान्य छ ।

      बीबीसी हिन्दीसँगको कुराकानीका क्रममा उनले सो प्रतिक्रिया दिएका हुन् । घाइतेको अवस्था बुझ्न दूतावासको टोली अस्पतालमा गएको जनाइएको छ । आगलागीका क्रममा हाम फालेका नेपालीमा शिवगन्ज झापाका दोर्जे लामा, सिरहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेको जनाइएको छ । 

      भारतीयलाई प्रतिमृतक २ लाख

      सो आगलागीमा मृत्यु हुने अधिकांश भारतीय नागरिक भएको बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसपालले मृतक अधिकांश भारतीय भएको बताएका छन् । सो घटनामा मृतकमध्ये ४० जना भारतीय रहेको जनाइएको छ ।

      यसैबीच आगलागीमा मृत्यु हुने भारतीयका परिवारलाई भारत सरकारले प्रति मृतक २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पीएम रिलिफ फण्डबाट सो रकम दिन लागिएको बीबीसीमा प्रकाशित समाचारमा जनाइएको छ ।

        कमेन्टहरु