दुर्घटना

    दाङबाट काठमाडौं जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना : ४३ जना घाइते (विवरणसहित)

    नवलपुर टुडे
    २०८१ जेष्ठ ३० | बिहान १०:०२ बजे

      रुपन्देही, जेठ ३० । रुपन्देहीको सैनामैनामा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

      दाङबाट काठमाडौं जाँदै गरेको रा १ ख २७८३ नम्बरको बस गए राति सैनामैना नगरपालिका वडा नं १० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँएर दुर्घटनामा परेको हो ।

      दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले जनाएका छन् । घाइतेलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा १९ जना डिस्चार्ज भइसकेका छन् । अन्य २४ जनाको उपचार जारी रहेको डिएसपी भट्टले बताए ।

      बसका सहचालक गम्भीर घाइते छन् । उनको पहिचान खुल्न सकेको छैन । सडकमा रोकेर राखेको ट्रकका चालकको खोजी भइरहेको छ ।

      चौराहा हस्पिटल बुटवलमा उपचाररत घाइतेहरू

      १. जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-२ बस्ने बर्ष ४२ को ईश्वर प्रसाद गिरी- निधारमा चोट (सामान्य)

      २. ऐ.ऐ वडा न. १९ बस्ने वर्ष २२ को मदन वि.क (सहचालक) – दायाँ कुममा भित्री चोट, अवस्था मध्यम 

      ३. ऐ.ऐ वडा न. ५ बस्ने वर्ष १९ कि स्नेहा वली- नाक,निधार, र गर्धनमा चोट, सामान्य ।

      ४.हाल नामथर वतन नखुलेको सहचालक- निधार, टाउको र हातमा हातमा चोट, अवस्था गम्भीर।

      ५.जिल्ला सल्यान छत्रश्वर गाउँपालिका-वडा न. २ बस्ने  ३१ वर्षीय वसन्त वली- अनुहरमा चोट, सामान्य

      ६. ऐ .ऐ गा.पा वडा न ५ बस्ने वर्ष २२ को सुजन डाँगी- दाहिने आखामा चोट, समान्य ।

      ७. जिल्ला दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने वर्ष १६ का बलदेव घिमिरे- टाउको र बायाँ खुट्टामा चोट, सामान्य

      ८. जिल्ला दाङ तुल्सीपुर  उपमहानगरपालिका- १२ बस्ने वर्ष २८ को सुवास रावत- भित्री चोट, मध्यम। (बस चालक)

      ९.जिल्ला दाङ घोराही उपमहानगरपालिका १० बस्ने वर्ष ४९ को कमला भण्डारी- नाकमा चोट, सामान्य

      १०. ऐ.ऐ बस्ने वर्ष ५३ को मुकुन्द भण्डारी- खुट्टामा चोट, सामान्य

      ११. जिल्ला दाङ तुल्सिपुर उ.प.मा.न. पा वडा न १० वर्ष २३ कि उर्मिला शर्मा, सामान्य

      १२.ऐ.ऐ वडा न. १५ बस्ने वर्ष ६३ को चुमन गोतामे- सामान्य

      १३. ऐ.ऐ बस्ने वर्ष ५२ को रिसिराम गौतम वठमा चोट, सामान्य

      एडमनसिटि हस्पिटल बुटवलमा उपचार भएका घाइतेहरू

      १४. जिल्ला दाङ तुल्सीपुर उ.प.मा.न. पा वडा न ९ बस्ने वर्ष ४३ को धन बहादुर बस्नेत- दाँया खुट्टामा चोट अवस्था मध्यम।

      १५. जिल्ला दाङ बस्ने वर्ष ४० को युटिआइयमआइ नेपाली- छातिमा चोट, अवस्था सामान्य ।

      हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचार भएका घाइतेहरू

      १६. जिल्ला रुपन्देही बुटवल बस्ने वर्ष ३१ को भरत खत्री- बाँया खुट्टामा चोट, सामान्य

      १७.जिल्ला गोर्खा गो.न.पा ४ बस्ने वर्ष २७ को सन्तोस रम्तेल- सामान्य (डिस्चार्ज)

      १८. जिल्ला सोलुखुम्बु माहाकुलुङ गा.पा ३ बस्ने वर्ष ३६ को अचम्म कुलुङ राई- घुँडा र छातिमा चोट समान्य (डिस्चार्ज)

      १९. जिल्ला दाङ तुल्सिपुर उ.प.मा.न. पा वडा न ६ बस्ने वर्ष ३२ को विष्णु परियार- छातिमा चोट सामान्य (डिस्चार्ज)

      २०. ऐ.ऐ वडा न १६ बस्ने वर्ष  ३० को रामचन्द्र डाँगी- दायाँ घुडा र ढाडमा चोट (डिस्चार्ज)

      २१.ऐ.ऐ वडा न १८ बस्ने वर्ष १८ को दिपक खड्का- दाँया खुट्टामा चोट समान्य (डिस्चार्ज)

      २२. ऐ.ऐ वडा न १० बस्ने वर्ष २४ कि सुमु चौधरी- दाँया गालामा चोट सामान्य (डिस्चार्ज)

      २३. जिल्ला सल्यान बनगाड न. पा ८ बस्ने वर्ष २४ को भिम बहादुर ऐरी- अनुहारमा चोट (चौराहा हस्पिटल बुटवलमा रिफर)

      २४.जिल्ला दाङ घोराही उपमहानगरपालिका १० बस्ने वर्ष २२ को रविन चौधरी खुट्टामा चोट समान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज

      २५. .जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका ४ बस्ने वर्ष ३१ को सुमन रेउले- खुट्टामा चोट(डिस्चार्ज)

      २६. .जिल्ला दाङ घोराही उपमहानगरपालिका १० बस्ने वर्ष २८ कि भुमिका रेउले खुट्टामा चोट सामान्य (डिस्चार्ज)

      २७. .जिल्ला दाङ घोराही उपमहानगरपालिका १२ बस्ने वर्ष ४५ को ईन्द्र बहादुर वली घाँटीमा चोट सामान्य (चौराहा हस्पिटल बुटवलमा रिफर)

      २८. भारत मोतियारी बस्ने वर्ष ३४ को यामडि खाँन खुट्टामा चोट सामान्य (डिस्चार्ज)

      २९. ऐ.ऐ बस्ने वर्ष अ २४ को भुट्टा खाण टाउकोमा चोट सामान्य (डिस्चार्ज)

      ३०. जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका १२ बस्ने धनबिर चौधरी नाकमा र हातमा चोट सामान्य (डिस्चार्ज)

      ३१. जिल्ला सल्यान कपुरकोट गा.पा वडा ४ बस्ने वर्ष ४० को गोपाल घर्ति खुट्टामा चोट सामान्य, चौराहा हस्पिटल बुटवलमा रिफर

      ३२. जिल्ला सल्यान डार्मा गा.पा ५ वर्ष ३५ को डन्डबिर के.सी खुट्टामा चोट सामान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर

      ३३. जिल्ला सल्यान बाघचौर गा.पा २ बस्ने बर्ष ४० कि तोला के.सी खुट्टामा चोट सामान्य, चौराहा हस्पिटल बुटवलमा रिफर

      ३४.जिल्ला रुकुम सानोभेरी गा.पा १० बस्ने वर्ष २८ को धनराज वलि घाँटीमा चोट,चौराहा हस्पिटल बुटवलमा रिफर

      ३५.ऐ.ऐ बस्ने वर्ष ३० को अमर वली- नाकमा चोट समान्य ऐ.५;०० बजे डिस्चार्ज

      ३६. ऐ.ऐ वर्ष ३८ को भिम बहादुर वलि मुखमा खुट्टामा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज

      ३७. जिल्ला सल्यान कोटमावली बस्ने वर्ष ४३ कि टिका कुमारी वली आखामा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज

      ३८.जिल्ला सल्यान कपुरकोट गा.पा वडा ५ बस्ने वर्ष २० की हिमा बस्ने त हातमा र टाउकोमा चोट सामान्य ऐ.३० गते ५;०० बजे डिस्चार्ज

      ३९. जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका १४ बस्ने वर्ष ४४ कट्ठ साहिति थरुनी- घाँटी र छातिमा चोट, सामान्य, चौराहा हस्पिटल बुटवलमा रिफर

      ४०. जिल्ला रोल्पा त्रिवेणि गा.पा ७ बस्ने वर्ष २६ को बिमल डाँगि वाया कुममा चोट समान्य ऐ.३० गते ५;०० बजे चौराहा हस्पिटल बुटवलमा रिफर

      ४१. जिल्ला सल्याण छत्रसेरा बस्ने वर्ष ३८ को देविराम पुन- मुखमा र खुट्टामा चोट सामान्य । चौराहा हस्पिटल बुटवलमा रिफर

      ४२. जिल्ला सल्यान बाघचौर न.पा वडा न ९ बस्ने वर्ष ४५ को डम्बर वली- मुखमा र खुट्टामा चोट सामान्य (डिस्चार्ज)

      ४३.जिल्ला रुकुम चौरजहारी न.पा ८ बस्ने वर्ष २७ को रुपेस पुन- मुख र खुट्टमा चोट- सामान्य (डिस्चार्ज)

        कमेन्टहरु