गण्डकी प्रदेश

    म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    रासस
    २०८१ जेष्ठ ३० | बिहान ०७:०२ बजे

      म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।   

      बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका– २ सिमसम्म कालोपत्र गरिएको छ ।  सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुदै रणवाङको सिमानासम्म पुर्याएको छ । 

      पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग रु। १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।

      चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो ।

        कमेन्टहरु