देश

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८१ जेष्ठ ३० | बिहान ०६:०२ बजे

      काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

      बैठक बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ । 

      सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

      यसअघि हिजोको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा  छलफल भएको थियो । 

      64646

        कमेन्टहरु