खेलकुद

    टिममा सन्दीप जोडिएपछि कप्तान रोहितको प्रतिक्रिया : विकेटटेकर बलर जोडिएकाले खेल जित्ने अवसर छ

    नवलपुर टुडे
    २०८१ जेष्ठ २९ | बिहान ११:०२ बजे

      काठमाडौँ, जेठ २९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् ।

      आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए । 

      उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए । उनले १४० सम्मको स्कोर बनाउन सके जित हात पार्ने सक्ने सम्भावना रहेको बताए । कप्तान पौडेलले श्रीलंकासँगको खेललाई लिएर टिम उत्साहित रहेको समेत बताए । 

        कमेन्टहरु