दुर्घटना

    अर्घाखाँचीमा टिप्पर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

    नवलपुर टुडे
    २०८१ जेष्ठ २९ | बिहान ०९:०२ बजे

      गुल्मी, जेठ २९ । गुल्मी र अर्घाखाँचीको सिमनामा गएराती टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाईते भएका छन ।

      छत्रदेव गाउँपालिका – ७ देउराली तम्घास भित्री कच्ची सडकमा ना ८ ख ६६४४ नम्बरको ट्रिपर सडकदेखि ६०/७० मिटर तल खस्दा त्यसमा सवार सन्धिखर्क नगरपालिका –८ खाँचीका २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा गुल्मी अस्पतालमा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।

      त्यस्तै सोही ठाँउका ३३ वर्षीय रिसभ केसी र तिलगंगा नगरपालिका– २ का २९ वर्षीय नविन घिमिरे घाईते भएका छन् । घाईते दुबै जनालाई गएराती नै गुल्मी अस्पतालले लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरेको छ ।

        कमेन्टहरु