अपराध

    सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

    नवलपुर टुडे
    २०८१ जेष्ठ २८ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौं, जेठ २८ । सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

      धितो कम राखेर लोन बढी दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको उजुरीको आधारमा काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

      यसअघि पनि १५ फागुनमा धितोले खामेभन्दा बढी कर्जा दिएको आरोपमा बैंकका तत्कालीन सीईओहरु तुलसी गौतम र मनोज न्यौपानेसहित १० जना पक्राउ परेका थिए । त्यतिखेर उनीहरू हाजिर जमानीमा रिहा भएका थिए । 

        कमेन्टहरु