देश

    राष्ट्रपति पौडेलद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त

    नवलपुर टुडे
    २०८१ जेष्ठ २८ | मध्यान्ह ०१:०२ बजे

      काठमाडौं, जेठ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीलाई सान मारिनोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

      यस्तै, संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

      2080 2 28 Scan 20240610

        कमेन्टहरु