देश

    चारवटा संसदीय समितिको बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८१ जेष्ठ २८ | बिहान ०६:०२ बजे

      काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक आज बस्नेछ । 

      उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक,२०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची छ । 

      महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा  सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

      शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दै छ । बैठकको कार्यसूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीका सम्बन्धमा  छलफल छ । बैठक बिहान ११ बजे बस्नेछ । 

      सार्वजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छैन । 

        कमेन्टहरु