देश

    मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पुगे नयाँदिल्ली

    नवलपुर टुडे
    २०८१ जेष्ठ २७ | मध्यान्ह ०४:०२ बजे

      काठमाडौँ, जेठ २७ । प्रधानमन्त्री पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगेका हुन् ।

      आइतबार अपरान्ह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मन्त्रालयका अधिकारी पी कुमारनले स्वागत गरेका थिए । मोदीले आइतबार (आज) बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् । 

      शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगानासहित दिल्ली गएका हुन् ।

      मोदीको शपथमा सहभागीपछि प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

        कमेन्टहरु