समाचार

    कर्णाली नदीको झोलुंगे पुलमा फसेका ११ वटा खच्चडको जिवितै उद्धार, २ वटाको मृत्यु

    नवलपुर टुडे
    २०८१ जेष्ठ २७ | मध्यान्ह ०३:०२ बजे

      दैलेख, जेठ २७ । दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने कर्णाली नदी माथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको जिवितै उद्धार गरिएको छ ।

      ८ वटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाएर उद्धार गरिएको हो भने तीन वटालाई बगरमा खस्ने जोखिम भएपछि डोरीले तानेर उद्धार गरिएको हो । नदीमा खसालिएका ८ वटा खच्चडलाई डुंगाको सहायताले किनारमा निकालिएको थियो ।

      पुलमा फसेका दुइटा खच्चडको भने मृत्यु भएको छ । एउटा खच्चड पुलमै र अर्कोलाई जाली काटेर नदीमा खसाएपछि मृत्यु भएको हो ।

      आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबिस नगरपालिकाको राकम बजार आउँदै गर्दा जीर्ण भइसकेको झोलुंगे पुलको जालीमा खुट्टा अड्किएर खच्चड फसेका थिए ।

        कमेन्टहरु