देश

    प्रतिनिधिसभा बैठक आज र भोलिको लागि स्थगित

    नवलपुर टुडे
    २०८१ जेष्ठ २७ | बिहान १०:०२ बजे

      काठमाडौँ । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।

      सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।

      अब २७ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो ।

      सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए । 

      बैठकमा मुख्य सचिव डा वैकुण्ठ अर्याल र सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए । अर्को बैठक जेठ २९ गतेका लागि बोलाइने भएको छ  ।

        कमेन्टहरु