समाचार

    पहिरोले पुरिँदा चालकको मृत्यु

    रासस
    २०८१ जेष्ठ २५ | मध्यान्ह ०६:०२ बजे

      लमजुङ, जेठ २५ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।  

      आज बिहान  लोडर लिएर कामतर्फ जाँदै गर्दा  माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर   हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईँले बताए । 

      गम्भीर घाइते चालक तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए  । सो आयोजनाको ४२ दशमलव ६० मेगावाट क्षमता रहेको छ । 

        कमेन्टहरु