अपराध, अर्थ

    सहकारीको रकम दुरुपयोग: छानबिन समिति बैठक बस्दै, कार्यविधिमा छलफल हुने

    नवलपुर टुडे
    २०८१ जेष्ठ २५ | बिहान ०८:०२ बजे
    सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको सहकारी प्रकरण : छानबिन समिति बैठकको फाइल तस्बिर ।

      काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ ।

      दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुने संयोजक सूर्य थापाले जानकारी दिए । बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो । 

      सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ । 

       

        कमेन्टहरु