देश

    प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्रीको शपथ कार्यक्रममा जाने मन्त्रिपरिषद्को निर्णय

    नवलपुर टुडे
    २०८१ जेष्ठ २४ | मध्यान्ह ०७:०२ बजे

      काठमाडौँ । मन्त्रिपरिषद्‌ बैठकले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सरिक हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्वीकृत गरेको छ ।भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिने तयारी भइरहेको र सो कार्यक्रमका लागि मोदीले दाहाललाई निम्तो दिएका थिए ।

      मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री दाहालको नेतृत्वमा टोली जाने निर्णय भएको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

      प्रधानमन्त्रीको नेतृत्वमा कति जना भारतका प्रधानमन्त्रीको शपथमा जाने भन्ने निर्णय भइनसकेको मन्त्री शर्माले जानकारी दिइन् । ‘प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीको शपथ ग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ । आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले जानकारी दिइन् ।

      भारतका प्रधानमन्त्रीको शपथ आगामी आइतबार शपथ लिने तयारी गरिएको छ ।

       

        कमेन्टहरु