समाचार

    भारतको गुणगाउँस्थित फोर्टिस् अस्पतालमा उपचाररत सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख

    नवलपुर टुडे
    २०८१ जेष्ठ २४ | मध्यान्ह १२:०२ बजे

      काठमाडौँ, जेठ २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ ।

      मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा भारतको गुणगाउँस्थित फोर्टिस् अस्पतालमा उपचाररत सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको हो ।

      बीर अस्पतालमा नियमित उपचार गराउँदै आएका सिंह मेडिसिटी अस्पताल हुँदै गुणगाउँस्थित फोर्टिस् अस्पतालमा पुगेका थिए । उनको गत सोमबार अप्रेसन गरिएको थियो ।

      अहिले स्वास्थ्य सुधार भइरहेकाले डिस्चार्जको तयारी भइरहेको र फलोअपको काम सकेर मात्र सिंह नेपाल फर्किने जनाइएको छ ।

        कमेन्टहरु