देश

    जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प

    नवलपुर टुडे
    २०८१ जेष्ठ २४ | बिहान ०८:०२ बजे

      जाजरकोट, जेठ २४ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

      राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

      यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो । 

        कमेन्टहरु